खै कस्ले बुझ्यो र जिन्दगी
खरेडीको मूल सरी यी ओठ सुकाईरहे
पानीमा डुब्न लागे जसरी चिच्याईरहे
नथाकिने गरि पाईलाहरू चालिरहे
खै ! कस्ले बुझ्यो र जिन्दगी !
वर्षा यामको झरी जसरी दर्किएर आए
चैत मासको हुरी झैं गर्किएर आए
शिशिरको पात सरि सुसाएर गए
आखिर खै ! कस्ले बुझ्यो र जिन्दगी !!
न्याउली आफ्नै पीडामा रोईरहेछ
कोइली आफ्नै खुशीमा गाईरहेछ
दु:ख आफ्नै मनमा, सुख आफ्नै तनमा
जस्ले जे भने पनि यहि त रहेछ जिन्दगी!!!
बिस्तारै अगाडी बढिरहेछ
अनगिन्ती सपनाहरू सडिरहेछ
सुरिलो रूख सरि चट्ट कटिनु पर्ने
खै! कस्ले बुझ्यो र जिन्दगी !!!
हिमालको हिउँ झैं पग्लिरहेछ
फलेको वृक्ष झैं झुकिरहेछ
फक्रीन नपाई सुकिरहेछ
खै! कस्ले बुझ्यो र जिन्दगी!!
चील कै राज चलिरहेछ
फिस्टे ओझेलमा परिरहेछ
ठूलै को रहेछ दिन
खै! कस्ले गर्यो र यो घिन !!
-बिनोद मगर
Older Post
This comment has been removed by a blog administrator.
ReplyDelete